काठमाडौं– लागूऔषध कारोबारको आरोपमा लाजिम्पाटका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन्। लाजिम्पाटस्थित सन्देस फार्मेसीका संचालक काठमाडौँ ओमबहाल बस्ने ३६ बर्षीय बुद्ध बज्राचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनले नियन्त्रित लागूऔषध बिक्रि गर्दै आएको लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)का डिआईजी ठुले राईले बताए। चिकित्सकको प्रेस्क्रिप्सनको आधारमा मात्र बिक्रि गर्नुपर्ने कतिपय ड्रगहरुको कारोबार उक्त फार्मेसीबाट हुँदै आएको थियो।
त्यस्तै उनलाइ लागूऔषध नाइट्राजेपाम ट्याव्लेट बिक्री बितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ बस्ने ३८ बर्षीय विश्वनाथ खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ। फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेट र खत्रीबाट नाइट्राजेपाम ४ सय १० ट्याब्लेट बरामद भएको ब्यूरोले जनाएको छ।
दुव्र्यसनीलाई लागूऔषध बेच्ने अन्य फार्मेसीहरु समेत निगरानी रहेको ब्यूरोका डिआईजी राईले बताए।