काठमाडौं– मिर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। स्वास्थ्य उपचारका लागि उपचार नि:शुल्क भएपनि बिरामीले आफ्नो नियमित काम लामो समयसम्म गर्न नसक्ने महशुस गरेर सरकारले भत्ताका व्यवस्था गरेको जनाएको छ । भत्ताका लागि छनोट भएका बिरामीले मासिक रुपमा रु ५ हजार पाउनेछन्।
'मिर्गौला रोग, क्यान्सर रोग, स्पाइनल इन्जुरी भइ प्यारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' नाम रहेको भत्ताको आर्थिक व्यवस्थापन कर कोषबाट हुनेछ । भनिएको छ, 'स्वास्थ्य कर कोषमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्तशुल्क करबाट प्राप्तहुने कोषवाट आर्थीक श्रोतको व्यवस्था गरिने छ ।' उक्त भत्ता उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयको अन्तशुल्कबाट उठेको रकम समय समयमा स्वास्थ्य कर कोषमा उपलब्ध गराउनुपर्ने अनिवार्य हुने बताइएको छ ।
यसरी गरिनेछन् बिरामी छनोट
(क) मृगौला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनी प्रदान गरेको आधारमा मृगौला प्रत्यारोपण नगरी औषधी सेवन गरी वा डायलायसिस गरी रहेका बिरामी र मृगौला प्रत्यारोपण गरी बेरोजगार भइ नियमित कार्य गर्न असमर्थ रही आराम गरी बस्न सिफारिस भएका बिरामी ।
(ख) क्यान्सर रोग सम्बन्धी विशेषज्ञ चिकित्सकको सिफारिसको आधारमा उपचार गराई रहेका बिरामी र नियमित आय आर्जन गर्न असमर्थ भर्इ चिकित्सकले आराम गर्नुपर्ने भनी सिफारिस भएका बिरामी ।
(ग) विशेषज्ञ चिकित्सकबाट स्पाइनल इन्जुरी भई पारालाइसिस रोग भएको भनी सिफारीस भएका बिरामी । वेरोजगार भर्इ आय आर्जन गर्न नसक्ने भर्इ आराम गर्न सिफारिस भएका बिरामी ।
(२) उपदफा १ को अतिरिक्त देहायका अन्य कागजातहरु समावेश गरेको हुनुपर्नेछ ।
(क) “विपन्न नागरिक औषधी उपचार कोष सम्बन्धी निर्देशिका, २०७३ तोके बमोजिमको कागजात पेश गर्नु पर्नेछ।
(३) यो निर्देशिका जारि हुनु पूर्व जिल्ला स्तरिय विपन्नताको सिफारिश लिएका विरामिहरूका हकमा सोही सिफारिशका अधारमा जिविकोपार्जन भत्ता उपलब्ध गराउनु पर्नेछ ।
(४) गरिब वा असहाय भनी झुठा विवरण पेश गरी यस कार्यविधि बमोजिम जिविकोपार्जन भत्ता प्राप्त गर्न खोजेको जानकारी प्राप्त भएमा वा प्रमाणित भएमा जिविकोपार्जन भत्ता उपलब्ध गर्ने निर्णयलाई तत्काल रद्द गराइनेछ ।
(५) गरिबीको परिचय पत्र वितरण गरेको जिल्लाको हकमा सोही परिचय पत्र वालालाइ मात्र भत्ता उपलब्ध गराइनेछ ।
कार्यविधीकाे पूर्णपाठ


