रुपन्देही– सधैं हातमा स्टेथेस्कोप लिएर बिरामीको चेकजाँचमा व्यस्त रहने डाक्टरका हातमा बुधवार बिहान भने झाडु देखियो । अस्पताल डाक्टर नेत्रबहादुर राना बिहानै झाडु लिएर अस्पताल सफा गर्दै थिए । उनीसँगै थिए डा श्यामराज उपाध्याय र बुटबल नगरपालिका स्वास्थ्य संयोजक डा रमेश केसी पनि । सरसफाई गर्न मिसिए अस्पतालका नर्स र अन्य स्वास्थ्यकर्मी पनि ।
अस्पताल परिसरमा रहेको फोहर हटाउन नगरपालिका, अस्पताल प्रासन र अस्पताल विकास समितिले चासो नदिएपछि डाक्टर, नर्स र स्वास्थ्यकर्मी आफैं सरसफाइमा लागेका हुन्। ‘अस्पतालमा उपचार गर्न आउनेहरु भ फोहरले झन् बिरामी पर्ने सम्भावना देखियो, डा रानाले भने, ‘यसबाट मुक्ति दिलाउन हामी आफैं अघि सरेका हौं ।’
अरुसँग गुनासो गरिरहनु भन्दा आफैं अघि बढ्दा चाँडो सफा हुने भएकाले आफूहरु सरसफाईमा लागेको उनले बताए ।
डा उपाध्यायले भने, ‘अस्पताल विकास समिति र प्रशासनले यसमा चासो दिनुपथ्र्यो । उहाँहरुले केही नगरेपछि हामीले सरसफाइ थालेका हौं ।’
केही घन्टाको सरसफाई पछि अस्पताल परिसर सफा देखिएको छ । अस्पताल सामाजिक सेवा इकाई प्रमुख दयासागर पन्थीले उक्त अभियानमा सबै सहभागी भएकाले सफल भएको बताए । अस्पताल प्रशासनले उनीहरुलाई माक्स, कुचो र पञ्जा समेत उपलब्ध गराउन अस्वीकार गरेको बुझिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बाहिरका होटेल र मेडिकल समेत अस्पतालमा फोहर फाल्ने भएकाले यस्तो अवस्था सिर्जना भएको बताए । उनले भने, ‘यो कामलाई तुरुन्त रोक्नुपर्छ ।’
सरसफाईमा संलग्नहरुले उक्त अभियानलाई निरन्तरता दिन सके अस्पताल परिसर सफा रहने धारणा राखेका छन्।
.jpg)
.jpg)