रामेछाप - रामेछापको जिल्ला अस्पताल नजिक भीषण डढेलो लागेको छ। अस्पतालसँगै जोडिएको वादीपाखा सामुदायिक वनमा लागेको डढेलो जुनसुकै बेला अस्पतालमा आउने खतरा बढेको छ।
अस्पताल दक्षिणतर्फको लागेको डढेलो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका आगो नियन्त्रणका लागि नेपाली सेना, प्रहरी, रेडक्रसका स्वयंसेवक, स्थानीय, अस्पतालका कर्मचारी सबै जुटेका छन्।
अस्पताल परिसरमा दमकलका व्यवस्थापन गरिएको समेत प्रहरीले जनाएको छ।