काठमाडौं– नेपाल मेडिकल काउन्सिलले स्थापना दिवस मनाउन थाल्ने भएको छ । स्थापनाको ४४ वर्षपछि काउन्सिलले पहिलोपल्ट स्थापना दिवस मनाउने कार्यको सुरुवात गर्ने तयारी गरेको हो ।
२०२० साल फागुन १६ गते काउन्सिलको ऐनमा लालमोहर लागेको थियो । सोही मितिलाई स्थापना दिन मान्दै फागुन १६ गते दिवस मनाउने बताइएको छ ।
स्थापना दिवसमा पूर्व अध्यक्ष र चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान समेत गरिने काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले बताए ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।