काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेश जारी हुनु र मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई ५ हजार भत्ता दिने व्यवस्थाको शुरुवात आफ्नो कार्यकालको प्रमुख उपलब्धिहरु रहेको बताएका छन्।
देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षालाई व्यापार बनाउन नहुने बताएका हुन्। उनले आज प्रधानमन्त्रीबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री देउवाले मिर्गौला, क्यान्सर र प्यारलाइसिस भएका बिरामीको निर्वाह भत्ता दिने व्यवस्थाले बिरामीलाई ठूलो राहत हुने बताए।