काठमाडौँ– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबिबिएस पास भएका डाक्टरहरुको भेला हुने भएको छ । शुक्रवार काठमाडौंको आम्रापाली बैंकुट, भाटभटेनीमा भेला बोलाइएको हो ।
आइओएमबाट एमबिबिएस पास गर्ने ३२ ब्याजसम्मका विद्यार्थीहरुको भेला बोलाइएको हो । हालसम्म आइओएमबाट १ हजार ३ सय ९५ जनाले एमबिबिएस पास गरिसकेका छन् । तीमध्ये शुक्रवार तीनसय भन्दा बढी डाक्टर एकतृत हुने पक्का भइसकेको आयोजले जनाएको छ ।
आइओएमबाट डाक्टर बनेकाहरुलाई जमघट गराउने र उनीहरुको संस्था अल्मुनीको फर्म भराउने रहेको छ । उक्त संस्था सामाजिक सेवाका लागि बनेको हो । ‘एउटै संस्थाबाट पास आउट साथीहरुको चिनजान र भेटघाट हुन्छ । साथै सामाजिक सेवाका लागि समिति पनि गठन हुन्छ भन्ने उद्देश्यले भेला बोलाइएको हो,’ आयोजक कमिटीका सदस्य अमित शर्माल भने ।
उक्त संस्था त्यहाँ अध्ययन गरेका मेडिकल शिक्षाका प्रोफेसरले गठन गरेका हुन् । दोस्रो ब्याचबाट सुरु भएको हो । अहिले आइओएममा ३८ औं ब्याचका विद्यार्थी अध्ययन गरिरहेका छन् ।