रुपन्देही- प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशलाई समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन्। मुख्यमन्त्री पोखरेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ लाई समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्। पोखरलले सार्वजनिक गरेको खाकामा स्वास्थ्यको विषयलाई प्राथमिकता दिइएको छ।
उनले स्वास्थ्य क्षेत्रलाई विषेश ध्यान दिनेगरी नीति, नियम बनाउने बताए। मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने, जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने जस्ता कार्यक्रम ल्याउने बताएका छन्।
मुख्यमन्त्री पोखरेलले प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, प्रविधियुक्त शिक्षामा जोडदिने, प्रदेशमा भएका जडिबुटी संकलन, प्रशोधनलाई प्राथमिकता दिँदै औषधि उत्पादनलाई प्रोत्साहन गर्नेगरी स्वास्थ्य क्षेत्रमा खाका बनाएका छन्।