काठमाडौं– पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक फेरबदल गरेका छन् । फागुन २ गते मन्त्री स्तरीय निर्णय गर्दै निर्देशक बद्री बहादुर खड्कालाई हटाएर सुनीलराज शर्मालाई निर्देशक बनाएका हुन् । सूचना केन्द्रका निर्देशक खड्कालाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैया बारा पठाइएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई महानिर्देशक बनाएकै दिन निर्देशक खड्कालाई समेत सरुवा गरेका हुन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।