काठमाडौं- डा गोििवन्द केसीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा आफ्नो सुरक्षाको माग गर्दै निवेदन दिएका छन्।
झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूलाई ज्यान मार्ने धम्की दिएको र उक्त भिडियो प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो सामाजिक सञ्चालमा सेयर गरेको दाबी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको निवेदनमा उल्लेख छ।
डा केसीसँग जिल्ला प्रशासन कार्यालयमा पुगेका समर्थकले प्रधानन्यायाधीश पराजुलीविरुद्ध नारा लगाएका छन्। निषेधित क्षेत्रमा नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
हेरौँ भिडियो
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।