काठमाडौं- स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत ८३ कर्मचारी प्रदेश मन्त्रालयमा खटाइएको छ। स्वास्थ्य सेवासहित अन्य सेवाका ८३ कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले आवश्इकता अनुसार ७ वटै प्रदेशमा खटाएको हो।
तर, खटाइएका कर्मचारी प्रदेशमा काम गर्न नपुगेपछि सामान्यले तत्कालै ती कर्मचारीलाई रमाना दिएर काममा खटाउन स्वास्थ्यलाई पत्र काटेको छ। सामान्यको पत्र लगत्तै स्वास्थ्य मन्त्रालयले माताहतका सबै कार्यालयलाई २४ घण्टा भित्र काममा खटिन पत्र पठाइसकेको छ।
मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार स्वास्थ्य सेवाका अधिकांस कर्मचारी प्रदेशमा पुगिसकेका छन्। तर, स्वास्थ्य बाहेकका अन्य सेवाका केही कर्मचारी भने सम्पर्कमा नै आएका छैनन्। ‘हामीले सम्बन्धित कार्यालयलाई पत्र पठाएर तत्कालै खटाउन भनिसकेका छौं,’ उनले भने, ‘सायद अब उहाँहरु पनि कार्यक्षेत्रमा खटिनुहुन्छ भन्ने हामीलाई लागेको छ।’
प्रधानमन्त्री कार्यालयले खटाइएको स्थानमा जान नमान्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ।
यी हुन् प्रदेशमा खटिएका कर्मचारी


