धनगढी- प्रदेश ७ का प्रमुख मोहनराज मल्लले धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडलाई हात्तीपाइले विरुद्धको औषधि खुवाएका छन्। जिल्लामा आजबाट सुरु भएको आम औषधि वितरण कार्यक्रमको सुरुवात गर्दै मल्ले नगरप्रमुखलाई औषधि खुवाएका हुन्।
प्रदेश प्रमुख मल्लले भने चिकित्सकको सल्लाह अनुसार औषधि खान मिलेन। तर विगतका वर्षमा भने मल्लले पनि औषधि आएका थिए। उनले सबैलाई औषधि खान आग्रह गरे।
यस्तै, जिल्लाको टिकापुरमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र बलियामा जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापाले औषधि खुवाउने कार्यक्रमको उद्घाटन गरेका छन् ।