काठमाडौं– नेपाल चिकित्सक संघले एक हप्ता भित्र माग पूरा नभए देशभरका चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी दिएको छ । केही दिनअघि डोटीमा कार्यरत चिकित्सक जितेन्द्र सिहंमाथि आक्रमण गर्नेलाई कारबााही गर्न ढिलासुस्ती गरिएको भन्दै यस्तो चेतावनी दिइएको हो ।
डा सिहंका आक्रमणकारीलाई कारबाही गर्न पहल गर्नुको सट्टा अनावश्यक कानूनी झन्झट दिन खोजिएको आरोप संघको छ । संघले भनेको छ, ‘कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर चिकित्सकहरुको मनोबल गिराउने काम भइरहेको छ ।’ यही परिस्थितिलाई ध्यानमा राख्दै उक्त जिल्लामा कार्यरत चिकित्सकलाई काठमाडौं बोलाइएको पनि स्पष्ट पारिएको छ ।
सांघातिक आक्रम भइरहेको तर नेपाल सरकार मौन रहेको भन्दै विरोध जनाइएको छ । केही समयदेखि संघले निरन्तर उठाइरहेको ‘बिना धरौटी जेल चलान’ माग प्रमुख भनिएको छ । उक्त माग पूरा नभए देशभरिमै विरोधका कार्यक्रम घोषणा गर्ने संघका महासचिव डा लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
भयरहित वातावरणमा काम गर्ने व्यवस्थाका लागि जुनसुकै हदसम्मको लडाइँ लड्ने बताइएको छ ।