काठमाडौं- सरकारले स्थानीय तहमा खटिएका स्वास्थ्य कर्मचारीहरुको कार्यविवरण तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविवरणलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अन्तिम रुप दिएको हो।
स्थानीय विकास मन्त्रालयको विकेन्द्रीकरण शाखाले उक्त कार्यविवरण अनुसार आवश्यक काम अगाडि बढाउन भन्दै सबै ७ सय ५३ स्थानीय तहमा पठाइसकेको छ। कार्यविवरणमा स्थानीय तहमा स्वास्थ्यका कर्मचारीका लागि मुख्य १९ बुँदाका कामको विवरण उल्लेख छ। ती बुँदामा उपबुँदा पनि समेटिएका छन्।
कार्यविवरण अनुसार स्थानीय तहका कर्मचारीले योजना बनाउने, बजेट व्यवस्थापन गर्ने, स्थानीय तहमा खोप, पोषण, परिवार नियोजन सेवा, महामारी एवं विपद् व्यवस्थापन, स्थानीय तहका जनरल अस्पताल र 4 होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरु, क्लिनिक र औषधि पसल दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने, स्वास्थ्य बिमा लगायतका काम गर्नुपर्नेछ।
स्वास्थ्य क्षेत्रले हालसम्म हासिल गरेका उपलब्धि संस्थागत गर्दै नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, संघीय एवं प्रादेशिक नीति तथा योजना एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता, सम्झौता, घोषणा साथै सम्बन्धित अन्य दस्तावेजहरुको आधारमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क, गुणस्तरीय सेवामा प्रत्येक नागरिकको पहुँच हुनुपर्ने कार्यविवरणमा उल्लेख छ।
‘आकस्मिक सेवामा सबैको निर्बाध रुपमा पहुँच तथा आफ्नो उपचारको सम्बन्धमा जानकारी पाउने अधिकार, प्रत्येक महिलालाई सुरक्षित मातृत्व एवं प्रजनन स्वास्थ्यको सुनिश्चितता गर्न स्थानीय तहमा खटिएका स्वास्थ्य कर्मचारीहरुले स्थानीय तहको निर्वाचित प्रमुख तथा पदाधिकारी र प्रमुख प्रशासकिय अधिकृतप्रति प्रत्यक्ष उत्तरदायी र जवाफदेही हुनेगरी भूमिका, जिम्मेवारी तथा अधिकार हुनेछ र स्वास्थ्य संयोजकको भूमिकामा खटिने स्वास्थ्य कर्मचारीले स्वास्थ्य टोलीको नेतृत्व गर्नुपर्ने’ समेत उल्लेख गरिएको छ।
यस्तो छ कार्यविवरण :












