काठमाडौं - नयाँ सरकारमा स्वास्थ्य मन्त्रालयको नेतृत्वको बिषय अझै टुङ्गो लाग्न नसकेको छैन। आकांक्षीहरु धेरै भएपछि प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य मन्त्रीको नियुक्ति गर्न सकेको छैनन।
वाम गठबन्धनको सहमती अनुसार स्वास्थ्य मन्त्रालयमा एमालेले दाबी गरेको छ। तर माओवादी केन्द्रले सबै राम्रा मन्त्रालय एमालेको भागमा परेको बताउदै स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालय आफुलाई दिन आग्रह गर्दै आएको छ।
फागुन ३ गते प्रधानमन्त्रीको शपथ खाएका एमाले अध्यक्ष ओलीले आज सोमबार मन्त्रीपरिषद विस्तार गर्दै छन्। तर स्वास्थ्य मन्त्रालयको नेतृत्वको बिषयमा प्रधानमन्त्री मौन छन्। प्रधानमन्त्री कार्यालयका अनुसार आज पनि स्वास्थ्य मन्त्रीको टुङ्गो लाग्ने छैन। आज गृह, उद्योग, अर्थ लगायतका मन्त्रालयको मन्त्रीहरुको टुङ्गो लाग्दैछ।
प्रधानमन्त्री ओलीले फागुन ३ गते सपथ खाए लगत्तै जनसंख्या मन्त्रीमा लालबाबु पण्डित र महिला बालबालिका मन्त्रीमा थपमाया थापालाई नियुक्त गरेका थिए।