बाँके- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ।
आयोग कार्यालयले नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई पक्राउ गरेको हो। आयोग टोलीले २८ हजार नगद रुपैयाँसहित क्षेत्रीलाई पक्राउ गरेको छ। टोलीले मेडिकल संचालकसँग घुस मागेको भन्ने उजुरीको आधारमा अनुसन्धान अगाडि बढाएको थियो।
क्षेत्रीले भने आफुलाई ब्यक्तिगत रिसिबीका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।