रुपन्देही – प्रदेश नं ५ का १२ जिल्ला मध्ये प्युठान जिल्ला स्वास्थ्य सूचकको आधारमा पहिलो जिल्ला भएको छ । स्वास्थ्य सेवा बिभागद्वारा प्युठान जिल्ला लाई उत्कृष्ट जिल्ला घोषणा गरेको हो । ७२–७३ मा प्रदेश लाई आधार मानेर गरिएको मूल्याकनमा प्युठान जिल्ला उत्कृष्ट ठहरिएको छ।
जिल्ला लाई प्रशंसापत्रद्वा सम्मान गरिएको छ । छैठौ स्वास्थ्य सेवा दिवस कार्यक्रममा सम्मान गरिएको हो । स्वास्थ्य सेवा दिवस मनाइरहँदा स्वास्थ्यकर्मीलेसंघीय प्रणाली लागु भएसँगै गठन भएका स्थानीय तह (सरकार)ले जनस्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकता नदिएको चिन्ता व्यक्त गरेका छन्।
प्रदेशको समग्र विकासका लागि शिक्षा, स्वास्थ्यसहित सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीय तहबाट भौतिक संरचना निर्माणमा मात्रै बढी ध्यान जाने गरेको स्वास्थ्यकर्मीहरुले बताए । उनीहरुले स्थानियतहसँग काम गर्दा सहज नभएको बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले भने २४ घन्टा काम गर्ने स्वास्थ्यकर्मीलाई कामको मूल्यांकन नहुनुका साथै हेर्ने दृष्टिकोण समेत फरक रहेको बताए । उनले प्रदेशमा स्वास्थ्य मन्त्रालय आवश्यक रहेको बताउँदै पहिलेको संरचना भत्काउँदा सेवा प्रवाहमा समस्या हुने बताए । जिल्ला जनस्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा उमाशंकर चौधरीले स्थानीय तहका जनप्रतिनीधिले महचत्व नबुझेपछि काम गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको बताए।
स्वास्थ्यसेवा दिवस मनाउँदा उनीहरुले सेवा सुबिधा भन्दापनि कामको मूल्यांकन नभएको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै आन्तिरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले कर्मचारीहरु प्रदेशको नीतिनियम अनुसार चल्नुपर्ने बताए।
त्यस्तै भौतिक पूर्वाधार तथा निमार्ण मन्त्री बैजनाथ चौधरीले ५ नं प्रदेश ७ वटै प्रदेश भन्दा फरक खालको प्रदेश हुने बताएका छन्। स्‘वास्थ्य शिक्षामात्र होइन अन्य क्षेत्रमा पनि नमूना बन्दै जानेछौं,’ उनले भने । कार्यक्रममा बोल्दै प्रदेश नं ५ का मुख्य सचिव शंकर पाठकले जननिर्विाचित जनप्रतिनिधिले बनाएको नीति नियम अनुसार कर्मचारी अघि बढ्नुपर्ने बताए । संघीयतामा गएपछि पहिले भन्दा छिटो छरितो सेवा दिनुपर्ने बताए।
कार्यक्रममा बालस्वास्थ्य महाशखाका निर्देशक डा विकास लामिछानेले स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडेले ट्रेड युनियकका भाष्करराज आत्रेय, जिल्ला समस्न्य समितिका संयोजक यज्ञराज बिश्वकर्मा जिल्ला जनस्वास्थ्य कार्यलय दाङका जनस्वास्थ्य प्रमुख घनश्याम पोखरेल लगायतले बोलेका थिए ।