एजेन्सी– भारतीय चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन हजारौं फ्यान मुम्बई पुगेका छन्। त्यमध्ये एक फ्यान भने निकै भावुक देखिएका थिए। किनकि उनी दुई दिनदेखि श्रीदेवीको घरबाहिर कुरिररहेका थिए, श्रद्धाञ्जली दिन।
उनी हुन्, उत्तर प्रदेशका जतिन वाल्मीकि। उनी उत्तरप्रदेशबाट दुई दिनअघि श्रद्धान्जलीका लागि मुम्बई आएका हुन्। उनले दुई दिनसम्म श्रीदेवीको घरबाहिर उभिएरै रात काटेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जतिन भन्छन्, ‘एउटा कार्यक्रममा मैले श्रीदेवीलाई भेटेको थिएँ। त्यतिबेला मेरो भाइलाई ब्रेनट्युमर भएको थियो। मैले भाइको उपचारमा समस्या आएको बताएपछि श्रीदेवीले मलाई तत्काल एक लाख दिनुभयो। साथै अस्पताललाई एक लाख छुट दिन भन्नुभयो। त्यसैले मेरो भाइ आज जीवित छ।’
श्रीदेवीको निधन भएको सुन्नेबित्तिकै आफू मुम्बई हिँडेको उनले बताए।
श्रीदेवीको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन उनका हजारौं फ्यान तथा बलिउड बलाकार जम्मा भएका थिए। शनिबार दुबईमा निधन भएकी श्रीदेवीको आज साढे ३ बजे अन्तिम संस्कार भएको छ।