काठमाडौं– प्रेमीसँग मिलेर एक अहेबले आफ्नै श्रीमानको हत्या प्रयास गरेकी छिन्। वीरगंजकी प्रियंका चौरसियाले भाडाका अपराधी प्रयोग गरी श्रीमान् उमेश चौरसियाको हत्या प्रयास गरेकी हुन्।
प्रियंका र उनका प्रेमी बिकेन्द्र गु्प्तालाई प्रहरीले पक्राउ गरेको छ। पेशाले दुवै अहेब भएको पर्साका एसपी डा.गणेश रेग्मीले बताए।
श्रीमान् विदेश गएपछि प्रियंका विकेन्द्रसँग नजिकिएकी थिइन्। उनीहरु दुवै जनाले डिभाइन एकेडेमी ब्रम्हचोकमा पढेका हुन्। त्यही उनीबीच चिनजान भई प्रेमसम्बन्ध गाँसिएको थियो। जून प्रेम झांगिदै गएपछि प्रियंकाले श्रीमानको हत्या गरेर बिकेन्द्रसँग जीवन बिताउने योजना बनाएकी हुन्। तर, गोली लागेका उनका श्रीमान् बाँच्न सफल भएका छन्।
यस्तो छ घटना
दश वर्ष दुबईमा पसिना बगाएपछि वीरगंज रानीघाटका उमेश चौरसिया स्वदेशमै केही गर्ने सपना बोकेर फर्किए। श्रीमतीसँग छलफल गरेर धागो सम्बन्धि व्यवसाय अघि बढाए।
तर, सुरुदेखि नै श्रीमती प्रियंकाले उनलाई असहयोग गरिन्। विभिन्न बहानामा उनीसँग पैसा मात्र माग्न थालिन्। जसले उमेशलाई आफ्नै श्रीमतीप्रति अविश्वास बढ्दै गएको थियो। तर, अविश्वास यतीसम्म पनि थिएन कि श्रीमतीले आफ्नो हत्या गर्न पनि पछि पर्दिनन्।
जब प्रियंका बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालबाट पक्राउ परिन्, त्यसपछि उनले घटनालाई विश्वास गर्न सकिरेहका छैनन्। उमेशमाथि बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै गोली प्रहार भएको थियो। जून घटनाको मुख्य योजनाकार उनकै श्रीमती २३ वर्षिय प्रियंका हुन्।
पर्साका एसपी डा.गणेश रेग्मीका अनुसार प्रियंकाको स्थानीय विकेन्द्र गुप्तासँग प्रेमसम्बन्ध थियो। श्रीमतीको हत्या गरेर प्रेमीसँग बिहे गर्न उनले एक अपराधीक समूहलाई एक लाख रुपैयाँको ‘सु्पारी’ दिएका थिए। सोहीअनुसार बुधबार बेलुका उमेशमाथि गोली प्रहार भयो। तर, उनी भाग्यले बाँच्न सफल भए।
एसपी रेग्मीका अनुसार हत्याका लागि स्थानीय गुन्डा मनोज गुप्तालाई एक लाख रुपैयाँ दिइएको थियो। गुप्तालाई २५ हजार एडभान्स दिइएको थियो। प्रहरीले प्रियंका, विकेन्द्र र मनोजलाई घटनाको ६ घन्टाभित्रै पक्राउ गरेको छ। अर्का सहयोगी मुन्ना साह कानुन पनि पक्राउ परेका छन्। प्रियंका र उनका प्रेमी बिकेन्द्र दुवै मिलेर हत्याको योजना बनाएका थिए।
घाइते भएका उमेशको नर्भिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त छ। सटगनबाट गोली प्रहार भएकाले उनको शरिरमा ५०÷५५ वटा छर्रा लागेको चिकित्सकले बताएका छन्।
बैदेशिक रोजगारीले निम्ताएको अपराध
३५ वर्षिय उमेर २५ वर्षको उमेरमा बैदेशिक रोजगारीका लागि दुबई गएका थिए। ४ वर्षअघि प्रियंकासँग बिहे गरेर उनी फेरी दुबई नै गए। प्रियंकालाई पैसा पठाउँदै आएका थिए। सिएमए पढ्न उतैबाट पैसा समेत पठाएका थिए। नेपाल फर्किएर मिलेर व्यवसाय गर्ने सपना सुनाउँथे।
तर, प्रियंकाको सपना अर्कै थियो। उनी बिकेन्द्रसँग प्रेममा फसिसकेकी थिइन्। प्रेमीसँगको नयाँ जिन्दगी उनको सपना थियो। सोही अनुसार श्रीमानले पठाएको सम्पत्ति प्रेमीलाई दिँदै आएकी थिइन्। ‘हत्याका लागि दिइएको पैसा पनि प्रियंकाले नै गहना बेचेर बिकेन्द्रलाई दिएको खुलेको छ,’ एसपी रेग्मीले भने।
प्रहरीले बुधबार बेलुका नै प्रियंकामाथि शंका लागिसकेको थियो। प्रहरीले उनीसँग मोबाइल माग्दा दिएकी थिइन्। ससुरासँगै उपचारका लागि श्रीमानलाई लिएर उनी काठमाडौं गएकी थिइन्।
प्रहरीले हत्यासम्बन्धि उनको सबै योजना बताएपछि उनी थचक्कै बसेर सबै स्वीकारेकी थिइन्। आफुलाई श्रीमानबाट यातना भएकाले यस्तो योजना बनाएको उनले बताएकी छिन्। घटनाप्रति आफुलाई पश्चाताप नरहेको र मिलेसम्म प्रेमीसँग आफुले जेलमै बिहे गर्ने योजना रहेको प्रियंकाले बताएको पर्साका एसपी डा.रेग्मीले बताए। प्रिंयकाकी प्रेमी बिकेन्द्र वीरगंजको एपोलो ट्रमा सेन्टरमा कार्यरत थिए भने प्रियंका भने दुई वटा अस्पतालमा काम गरेर पछिल्लो समय काम छाडेकी थिइन्।
घटनापछि उमेशका परिवारमात्र होइन वीरगंजका अन्य सर्वसाधरण समेच चकित भएका छन्।
गोली हान्ने मनोज फरार अभियुक्त भएको अनुसन्धानमा खुलेको छ। उनी ज्यान मार्ने उद्योग मुद्दामा पनि फरार रहेको खुलेको छ।