काठमाडौं- सन्तनेता कृष्णप्रसाद भट्टराईको सातौं पूण्यतिथीको अवसरमा स्वास्थ्यका विषयमा जानकारी दिइएको छ।
‘स्वस्थ शरीर–आनन्दी मन’ शिर्षकमा आयोजित कार्यक्रम बरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्त, मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले र दन्तरोग विशेषज्ञ डा सुशिल कोइरालाले स्वाथ्यका विषयमा जानकारी दिएका हुन्।
सन्त नेता कृष्णप्रसाद भट्टरार्इ प्रतिष्ठान तथा पुण्याअार्जन फाउन्डेसनद्वारा अायोजित कार्यक्रममा डा पन्तले मस्तिष्क र नसा रोगका बारेमा जानकारी दिँदै यसबाट जोगिने उपाय सुझाएका छन्। उनले डाक्टरले दिएको औषधि तथा सझाब विपरित समुदायका केही व्यक्तिको गलत सुझाब सुन्ने कारण धेरै बिरामीको ज्यान तलमाथि भएको उदाहरण दिँदै डाक्टरको सुझाब पालना गर्न आग्रह गरे।
डा रेग्मीले अस्वस्थ खानपिन र 18का कारण मुटु, मतिष्क, कलेजो, मिर्गौला तथा क्यान्सर जस्ता गम्भिर रोग बढीरहेको भन्दै स्वस्थ खानपान र व्यायाम तथा योगा गर्न सुझाब दिए।
डा काफ्लेले पनि मदिरा सेवन तथा अस्वस्थ खानपिनकै कारण मिर्गौला रोगीको संख्या बढीरहेको भन्दै समयमा नै सचेत हुन आग्रह गरे। उनले हरेक वर्ष स्वास्थ्य परीक्षण अनिवार्य गर्न पनि सुझाब दिए।
डा कोइरालाले स्वस्थ शरीरका लागि मानिस खुसी हुनुपर्ने भन्दै तनावबाट मुक्त हुन र हाँसीखुसी जीउन सुझाब दिए।