काठमाडौं– सेतो एप्रोन, हातमा कैंची र ब्लेड। यस्तै हुलियामा निरु कुँवरले १० वर्ष अस्पतालमा काम गरिन्। त्यो समय उनले हातमा लिएका कैंची र ब्लेड डाक्टरहरु उपचारमा प्रयोग गर्थे। अहिले उनले हातमा लिने कैंची र ब्लेड उनी आफैं चलाउँछिन्। बिरामीको उपचार गर्न होइन, पुरुषहरुको कपाल र दाह्री काट्न।
१० वर्षसम्म 4 पेशामा बिताएकी उनी त्यसलाई छाडेर पुरुषको कपाल काट्न थालेकी छिन्।
निरुले भरतपुर 4 क्याम्पसबाट 4 पढेकी हुन्। काठमाडौंको ओम हस्पिटल र बिएन्डबी हस्पिटलमा आफूले 4 सेवा दिएको उनी बताउँछिन्।
4 पेशामा रहँदा उनलार्इ लाग्यो, 'सेवा त दिइरहेकी छु, तर आफू अरु अन्तर्गत रहेर दिइने सेवाबाट अरुलार्इ रोजगारी दिन सकिँदैन।'
जीवनमा केही फरक गर्ने चाहना भएकी उनले त्यो समय सुनेकी थिइन्, 'केटीले पुरुषको कपाल काट्न हुँदैन।'
उनले पुरुषको कपाल काटेरै आफूले फरक कामको सुरुवात गर्ले सोच बनाइन्। सौन्दर्य व्यवसायमा रुची बढेपछि करिब ३ वर्ष बैंककमा हेयर कटिङ र ड्रेसिङ तालिम लिइन्। त्यहीँ उनले हेल्थ स्पा पनि सिकिन्। त्यसपछि यही काममा केन्द्रित भइन्।
निरुले ललितपुरको नख्खुमा 'ब्युटी क्लब इन्नोभेटिभ' खोलेकी छन्। उनलाई परिवारका साथै लगानीकर्ताका रुपमा कृष्ण पुनले साथ दिइरहेका छन्।
उनले सन् २००० मा पुरुषको कपाल काट्न थालेकी हुन्। उनलार्इ महिला पनि पुरुष जत्तिकै सक्षम छन् भन्ने देखाउनु थियो। त्यसैले पुरुष कपाल कटिङ रोजिन्।
कुँवरले भनिन्, 'त्यसबेला मैले जब पुरुषको कपाल कटिङ थालेँ, धेरैलार्इ अचम्म लागेको थियो। सायद पुरुषको कपाल काट्ने पहिलो नेपाली महिला म नै होला।'
उनले ब्युटी क्लब खोल्नुको अर्को उद्देश्य पनि छ– स्वस्थ कपाल कटिङ सेवा।
उनी भन्छिन्, 'कपाल त सबैले काट्छन्, तर यस क्रममा छाला सम्बन्धी रोगदेखि एचआइभीसम्म सर्न सक्छन्। स्वस्थ कपाल कटिङ सेवालार्इ अभियानकै रुपमा अघि बढाउन पनि म यतातिर लागेकी हुँ।'
यसबाहेक काम गर्नेलार्इ नेपालमै अवसर रहेको शन्देश दिइरहेको उनले बताइन्।
भन्छिन्, 'भारतीय दाजुभाइहरुले नेपालीको कपाल काटेर करोडौं लैजानुहुन्छ। तर, नेपाली युवा-युवतीहरु रोजगारीका लागि विदेश जाने गरेका छन्।'
नेपाली युवायुवतीलार्इ तालिम दिएर रोजगारीको अवसर सिर्जना गर्ने पनि उनको उद्देश्य हो।
'म एउटा नर्सको हिसाबले भन्दै छु– शिक्षित युवायुवती यस पेसामा लाग्दा राम्रो हुन्छ। उनीहरुले स्वास्थ्य सम्बन्धी बुझेका पनि हुन्छन्। हामीसँग काम गर्न चाहनेअरुलाई पनि यस पेसामा डिग्रीसहित सक्षम बनाउँछौं।'
फरक पेशामा आए पनि स्वास्थ्य उनीबाट छुटेको छैन। ब्युटी क्लब स्वास्थ्य केन्द्रित रहेको उनी बताउँछिन्। क्लबमा जिम, साउना, स्पा, ब्युटीपार्लर र स्विमिङ लगायतका सेवा पनि छन्।