काठमाडौं- केही दिनदेखि अस्वस्थ भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ। अहिले उनी घरमै आराम गरिरहेको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले जानकारी दिइन्। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।