काठमाडौं- जनस्वास्थ्य विज्ञ डा रिता थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। नेपालको बाल तथा स्त्री रोग विशेषज्ञ एवं जनस्वास्थ्य विज्ञहरुको साझा संस्था पेरिनेटल सोसाइटी अफ नेपालले डा थापालाई आज अवार्ड प्रदान गरेको हो।
सोसाइटीको ११ औं सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले डा थापालाई अवार्ड प्रदान गरेका हुन्।
मातृशिशु स्वास्थ्य र जनस्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै डा थापालाई अवार्ड प्रदान गरिएको सोसाइटीका अध्यक्ष डा मणिन्द्र रञ्जन बरालले जानकारी दिए।
प्रसूति गृहबाट आफ्नो करिअर सुरु गरेकी डा। थापा अन्ततः जनस्वास्थ्यमा समर्पित भइन् । 11 संगठनमा विभिन्न पदमा बसेर काम गरिसकेकी डा। थापा अझैं पनि स्वास्थ्य मन्त्रालयका नीति बनाउन सल्लाह सुझाव दिने गर्छिन् ।
यसैगरी, सोसाइटीले मातृ, बाल तथा नवजात शिशुको स्वास्थ्यका क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यखबरलाई पनि अभिनन्दन गरेको छ।
