काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशी विमानमा ३३ नेपाली यात्रु रहेको पुष्टि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सहित ७१ यात्रु थिए। जसमध्य ३३ जना नेपाली सहित ६७ यात्रु सवार थिए। दुर्घटनामा हालसम्म ३६ जनको मृत्यु भएको जानकारी आइरहेको छ।
घाइतेको काठमाडौं मेडिकल कलेज, ओम अस्पताल, नर्भिक, मेडिसिटी लगायतका अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा कति नेपालीको मृत्यु भएको र घाइते भन्ने जानकारी अझै बाहिर आइसकेको छैन।
प्राधिकारणले अग्नि नियन्त्रकहरुद्धारा अग्नि नियन्त्रण भईसकेको जनाएको छ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बङ्लाको विमान धावनमार्ग बाहिर दुर्घटना हुदाँ धेरै यात्रीहरुको हताहति भएको छ। क्षतिको विवरण प्राप्त हुन सकेको छैन। अहिले शव निकाल्ने काम जारी छ।
