इंग्ल्यान्ड– भौतिकशास्त्री तथा वैज्ञानिक स्टेफेन हकिङको निधन भएको छ। ७६ वर्षीय हकिङको इंग्ल्यान्डको क्याम्ब्रिजस्थित आफ्नै निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ।
हकिङका सन्तानहरु लुसी, रोवर्ट र टिमले संयुक्त रुपमा आज एक वक्तव्य जारी हकिङको निधन भएको जनाएका हुन्। सो वक्तव्यमा भनिएको छ, ‘आज आदरणीय पिताको निधनले हामीलाई स्तब्ध तुल्याएको छ। उहाँ एक महान् वैज्ञानिक तथा अभुतपूर्व मानिस हुनुहुन्थ्यो। जसको काम र विरासत वर्षौंसम्म बाँचिरहनेछ।’
१९६३ देखि उनी मोटर न्युरोन नामक रोगबाट पीडित थिए। सो समयमा चिकित्सकहरुले उनलाई २ वर्ष मात्रै बाँच्ने आशा गरेका थिए।
उनो संस्मरण 'ब्रिफ हिस्ट्री अफ टाइम' पुस्तक प्रकाशित छ।