काठमाडौं - सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुर्इ विभागको संगठन संरचना पारित गरेको छ। संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत रहने गरि मन्त्रिपरिषदले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र औषधि व्यवस्था विभागको संगठन संरचना पारित गरेको दुई साता भइसकेको छ। मन्त्रालयको अर्को विभाग स्वास्थ्य विभागको संरचना भने अझै टुंगिएको छैन।
मन्त्रिपरिषदको वैशाख ४ को बैठकले पारित गरेको संगठन संरचना अझै सार्वजनिक भइसकेको छैन।
तर, स्वास्थ्यखबरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नयाँ संगठन संरचना र दरबन्दीको विवरण प्राप्त गरेको छ। मन्त्रिपरिषद्बाट पारित भएको औषधि व्यवस्था विभागको नयाँ संरचना अनुसार विभागको दरवन्दी घटाइएको छैन।
विगतमा विभागमा ४९ जनाको दरबन्दी थियो। मन्त्रीपरिषदले अहिले उक्त दरबन्दीमा कुनै पनि थपघट नगरी पास गरेको हो। विभागमा ११औं तहका महानिर्देशक रहनेछन्।
नयाँ संगठन संरचना अनुसार विभागमा ३ महाशाखा र ११ शाखा रहनेछन्।
यी हुन् ३ महाशाखा
औषधि मुल्यांकन तथा दर्ता महाशाखा
योजना, समन्वय तथा व्यवस्थापन महाशाखा
अनुगमन, मुल्यांकन तथा कानून कार्यान्वयन महाशाखा
यी हुन् ११ शाखा
औषधि तथा बायोलोजिकल्स मुल्यांकन शाखा
पैठारी शाखा
उद्योग शाखा
योजना तथा समन्वय शाखा
औषधि सूचना तथा तालिम शाखा
औषधि निगरानी शाखा
आर्थिक प्रशासन शाखा
कानून शाखा
जिएमपी अडीट तथा प्रमाणीकरण शाखा
अनुगमन तथा मूल्यांकन शाखा
प्रशासन शाखा


यो पनि पढौं :