बिबिसी- 11 सङ्गठनको अध्ययन अनुसार विश्वमा दश मानिसमध्ये नौ जनाले प्रदूषित हावामा श्वास लिने गर्छन्। प्रदुषणका कारण विश्वमा ७० लाख मानिसको ज्यान गएको पनि संगठनले जनाएको छ।
प्रदूषण उत्पन्न गर्ने इन्धन र प्रविधिबाट खाना पकाउँदा निक्लिने प्रदूषणका कारण मात्र सन् २०१६ मा करिब ३८ लाख मानिसको मृत्यु भएको अध्ययनले देखाएको छ।
11 सङ्गठनले अझै पनि अधिकांश महिला र बालबालिकासहित तीन अर्बभन्दा धेरै मानिसहरू घरमा प्रदूषण गर्ने स्टोभ र इन्धन प्रयोग गरेर घातक धूँवा लिन बाध्य भइरहनु स्वीकार्य नभएको जनाएको छ।
सङ्गठनका महानिर्देशकले यदि वायु प्रदूषण सम्बोधन गर्न तत्काल कार्य नगर्ने हो भने दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताएका छन्।
11 सङ्गठनको तथ्याङ्कले विश्वका अतिप्रदूषित २० वटा शहरहरूमध्ये भारतमा मात्र १४ वटा शहरहरू रहेको देखाएको छ। सन् २०१६ मा उत्तरी शहर कानपुरको हावामा पीएम२।५ भनिने अतिसूक्ष्म कणहरू सबभन्दा धेरै रहेको देखिएको छ।
ती कणहरू घातक हुने गर्छन् र तिनले श्वासप्रश्वास एवम् मुटु वा रक्तनलीसम्बन्धी रोगहरूको सम्भावनालाई बढाइदिन्छन्।
अतिप्रदूषित शहरको सूचीमा राजधानी दिल्लीसहित बनारस, गया, पटना, लखनउ, आग्रा र श्रीनगर पनि परेका छन्। भारतको राजधानी दिल्ली छैठौँ धेरै प्रदूषित शहरको स्थानमा रहेको छ।
गत दुई दशकमा भारतले तीव्र विकास गरेको देखिन्छ। तर यसले प्रदूषण बढाउँदै लगेको छ।
कमजोर औद्योगिक नियमनको व्यवस्थाका कारण त्यहाँ कारखानाहरूले प्रदूषण नियन्त्रणका उपायहरू पालना गरेका छैनन्। तीव्र निर्माणले प्रदूषण उच्च भएको छ।
प्रदूषणको सुरक्षित सीमाको स्तरभन्दा ७० गुना धेरै प्रदूषण भएपछि गत वर्ष दिल्लीमा सार्वजनिक स्वास्थ्यको आपत्कालीन स्थिति घोषणा गरिएको थियो।