राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री राम बहादुर थापा बादलले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी र गृहमन्त्री थापा छुट्टाछुट्टै समयमा शनिवार बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए।
राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।
यसैगरी गृहमन्त्री थापाले पनि डा देवकोटासँग कुराकानी गरेका थिए।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका हुन्। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।