आर्थिक रुपमा समृद्धि नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ ।
रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५ श्ययाको अस्पतालका साथै दुई वटा ठूला डिपाटमेन्टल स्टोर स्थापना गर्ने प्रारम्भिक योजना रहेको नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए।
नगरपालिकाको ५१ प्रतिशत, नगर क्षेत्रमा रहेका सहकारीसहित वित्तीय संस्थाको ४९ प्रतिशत शेयर मार्फत अस्पताल र डिपाटमेन्टल स्टोर स्थापना गर्ने योजना रहेको छ । सरकारी निकायबाट आवश्यक ऋण लिएर नगरपालिकाले अपनत्व ग्रहण गरी नगरवासीलाई साथमा लिएर आगामी पाँच वर्षभित्र दुबै काम गर्न आवश्यक भएकाले रणनीति अघि सारेको नगरप्रमुख थापाको भनाइ छ ।
सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई नगर परिचय पत्रका आधारमा निश्चित प्रतिशत छुट वा सहुलियत दिएर अस्पताल र डिपाटमेन्टल स्टोर सञ्चालन गर्न सकिने बताइएको छ ।
सबै नगरवासीको डिजिटल दस्तावेज कायम गरी अभिलेख राख्ने राखेर वितरण गरिने नगरवासी परिचय पत्र कार्डमार्फत छुट वा सहुलियत दिएर दुबै योजना सफल बनाउने नगरपालिकाको लक्ष्य छ । सबै घरघुरीको सर्वेक्षण गरी सबैको सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी नगरवासी परिचय पत्र जारी गर्ने योजना बनाएको छ । जसका लागि सबै नगरवासीलाई करको दायरामा ल्याउने नगरवासीको यर्थात आर्थिक अवस्था समेत समावेश गरेर तयार परिने गरी डिजिटल प्रविधिको सफ्टओयर निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताए।
घरधुरी सर्वेक्षण गरी लिइने सबै सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी कप्युटरमा नगरवासीको नाम खोजी गर्दा सो नगरवासीले नगरपालिकालाई तिनुपर्ने वास्तविक कर समेत थाहा हुने आधारमा दस्तावेजीकरण गर्ने नगरपालिकाको योजना रहेको छ ।रासस