सरकारले सोमबार १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गरेको हो।
सरुवा हुनेमा स्वास्थ्य मन्त्रालयका सहसचिव सनत केसी छन्। उनलाई कुनै पनि जिम्मेवारी दिइएको छैन।
यस्तै, उद्योग मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य मन्त्रालयमा आएका छन्।
सामान्य प्रशासन मन्त्रालयका अनुसार यस्तो छ सरुवा सूची–
१) मुकुन्द निरौलाः अतिरिक्तवाट पुनर्निर्माण प्राधिकरण
२)प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३) ई प्रमिला वज्राचार्यः सतर्कताकेन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४) दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५)राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६) मधु वुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७)नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९)विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०)सनत केसी स्वास्थ्य मन्त्तालयबाट अतिरिक्त समूह
११)टिकाराम घिमिरेः भूमीसुधार मत्रालयबाट वन
१२)चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३)कुमार दहालः अतिरिक्त समूहवाट बिराटनगर महानगरपालिका
१४)नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५)तुल्सिराम सेडाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६)गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७)वेद कार्किः संघिय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१८)आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह