प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले आज डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका हुन्।
पित्त थैलीको क्यान्सर रोगले थलिएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन दिएका छन्। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।