विश्व स्वास्थ्य

फिल्ममेकर राकेशलाई क्यान्सर, छोरा ऋतिकले लेखे - लभ यू ड्याड

स्वास्थ्य खबरपत्रिका

एजेन्सी- बलिउड फिल्ममेकर राकेश रोशनलाई क्यान्सर भएको छ। उनलाई घाँटीको क्यान्सर भएको उनकै छोरा अभिनेता ऋतिक रोशनले पुष्टि गरेका हुन्।

फिल्ममेकर राकेशलाई घाँटीको पहिलो स्टेजको क्यान्सर देखिएको ऋतिकले सार्वजनिक गरेका छन्। ऋतिकले सामाजिक सञ्जाल इन्स्टाग्राममा बुबासँग जिमखानामा रहेको तस्बिर पोष्ट गर्दै बुबालाई घाँटीको क्यान्सर पत्ता लागेको बताएका छन्। 

तस्बिरसहतिको क्याप्सनमा ऋतिकले लेखेका छन्, ‘बिहानै बुबलाई तस्बिर खिच्न आग्रह गरेँ। मलाई थाहा छ, उहाँ सर्जरी गर्ने दिन पनि जिमको वर्क आउट छाड्नुहुन्न उहाँलाई हालै घाँटीको क्यान्सर भएको पत्ता लागेको छ, जुन शुरुआती स्टेजमा छ। उहाँ यो रोगसँग निकै बहादुरीपूर्वक लड्न तयार हुनुहुन्छ। हामी धेरै भाग्यशाली छौं, परिवारमा तपाईं जस्तो लिडर पाएका छौं। लभ यू ड्याड।’

ऋतिकको उक्त पोष्टमा हजारौं प्रतिक्रिया आइरहेको छ। सबैले राकेशको सीघ्रस्वास्थ्यलाभको कामना गरिरहेका छन्।

फिल्ममेकर राकेशले क्रिश, कोइ मिल गया, कहोना प्यार हे, लगायतका चलचित्र निर्माण गरेका छन्।
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने