काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार उपत्यका बाहिर मतदान भएको छ। उपत्यकाबाहिरका मतदान केन्द्रमा बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो।
उपत्यकाबाहिर भोली आइतबार पनि मतदान हुने छ। पहिलो दिन धेरैजसो निर्वाचन केन्द्रमा उत्साहजनक रुपमा निर्वाचन भएको बताइएको छ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ।
पहिलो दिनको मतदानमा संख्याका हिसाबले हेर्दा सबैभन्दा बढी चितवनमा मत खसेको छ। चितवनमा १ सय ८५ जनाले मतदान गरेका छन्। संख्याकै आधारमा हेर्दा जुम्लामा सबैभन्दा कम मत खसेको छ। जुम्लामा १९ मत खसेको छ। जुम्लामा मतदाता संख्या २५ रहेको छ।
उपत्यकाबाहिर कहाँ कति मत खस्यो?
१. मेची : खसेको मत - ८१, मतदाता - १३०
२. कोशी : खसेको मत - १७३, मतदाता - १७३
३. सिरहा : खसेको मत - २९, मतदाता - २१ आसपासका जिल्लाबाट पनि आएर गरेकोले बढी मत।
४. धरान : खसेको मत -१६० , मतदाता -३७३
५. सगरमाथा : खसेको मत - ३३ , मतदाता -४२
६. जनकपुर : खसेको मत - ११० , मतदाता -३८०
७. नारायणी : खसेको मत - १५२ , मतदाता -४००
८. चितवन : खसेको मत -१८५ , मतदाता -४५०
९. गण्डकी : खसेको मत - ११३, मतदाता -२४०
१०. लुम्बिनी : खसेको मत - १८३, मतदाता -३५०
११. भेरी : खसेको मत - ७६, मतदाता - १९६
१२. सेती : खसेको मत - ५८, मतदाता - १०२
१३. सुर्खेत : खसेको मत -२२, मतदाता -२६
१४. दाङ : खसेको मत - ३८, मतदाता - ९०
१५. जुम्ला : खसेको मत -१९, मतदाता -२५
१६. पाल्पा : खसेको मत -४४, मतदाता -१००