काठमाडौं - नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यकाबाहिर भएको मतदान सकिएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा उपत्यकाबाहिरका १६ स्थानमा कुल २८ सय ५० मत खसेको छ।
निर्वाचनमा शनिबारभन्दा आइतबार कम मत खसेको छ। शनिबार १४ सय ७६ मत खसेको थियो भने आइतबार १३ सय ७४ मत खसेको छ। आइतबार जुम्लामा कुनै पनि मत खसेन। २५ मतदाता रहेको जुम्लामा शनिबार १९ मत खसेको थियो।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्।
दुई दिनमा कहाँ कति मत
१. मेची : खसेको मत – १२७ (आइतबार ४६, शनिबार ८१), मतदाता - १३०
२. कोशी : खसेको मत – ३८८ (आइतबार २१५, शनिबार १७३), मतदाता - ६२६
३. सिरहा : खसेको मत - ४३ (आइतबार १३, शनिबार ३०), मतदाता – ४५
४. धरान : खसेको मत – ३४५ (आइतबार १८५, शनिबार १६०) , मतदाता -३७३
५. सगरमाथा : खसेको मत – ४६ (आइतबार १३, शनिबार ३३) , मतदाता – ४६
६. जनकपुर : खसेको मत – २३५ (आइतबार १२५, शनिबार ११०) , मतदाता - ३८०
७. नारायणी : खसेको मत – २६० (आइतबार १०८, शनिबार १५२), मतदाता - ३६५
८. चितवन : खसेको मत – ३९७ (आइतबार २१२, शनिबार १८५), मतदाता - ४५०
९. गण्डकी : खसेको मत – २५२ (आइतबार १३९, शनिबार ११३), मतदाता - २६०
१०. लुम्बिनी : खसेको मत – ३१६ (आइतबार १३३, शनिबार १८३), मतदाता -३५०
११. भेरी : खसेको मत – १७३ (आइतबार ९७, शनिबार ७६), मतदाता - १९६
१२. सेती : खसेको मत – ९२ (आइतबार ३४, शनिबार ५८), मतदाता - १०२
१३. सुर्खेत : खसेको मत – २७ (आइतबार ५, शनिबार २२), मतदाता -२७
१४. दाङ : खसेको मत - ६० (आइतबार २२, शनिबार ३८), मतदाता - ९०
१५. जुम्ला : खसेको मत -१९, मतदाता - २५
१६. पाल्पा : खसेको मत – ७१ (आइतबार २७, शनिबार ४४), मतदाता -१००