काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट नेपालकै पहिलो ब्याचका मिडवाइफले ब्याचरल इन मिडवाइफ्रीको अन्तिम परीक्षा उत्तीर्ण गरेका छन्।
न्याम्समा ब्याचरल इन मिडवाइफ्री साइन्स(बिएमएस) अध्ययनरत ९ जना बिद्यार्थीले अन्तिम वर्षको परीक्षा उतीर्ण गरेका हुन्।
सुरक्षित मातृत्व र नवजात शिशुको लागि उत्कृष्ट सेवा दिने सक्षम मिडवाइफ जनशक्ति उत्पादन गर्न ३ वर्ष अघि न्याम्समा अध्यापन सुरु भएको थियो।
अब उनीहरुले नेपाल नर्सिङ काउन्सिलमा नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा दिनुपर्ने हुन्छ। काउन्सिलको परीक्षामा भएपछि मात्र उनीहरु सेवा दिनका लागि योग्य हुनेछन्।
काउन्सिलको दर्ता परीक्षा आगामी फागुन २४ गते हुँदैछ। नेपालमा पहिलो पटक मिडवाइफको परीक्षा लिने भएकाले निर्देशिका समेत बनाइएको काउन्सिलले जनाएको छ। उक्त निर्देशिकालाई काउन्सिलको बोर्डले अनुमोदन गरिसकेको छ।
मिडवाइफलाई नर्सलाई भन्दा परीक्षा पास गर्न बडी मेहनत गर्नुपर्ने देखिन्छ। नर्सहरुका लागि काउन्सिलले १ सय ५० पूर्णाङकको सैद्धान्तिक परीक्षा लिने गरेको छ। तर मिडवाइफले २ सय पूर्णाङकको सैद्धान्तिक र लिखित परीक्षा पास गर्नुपर्नेछ।
मल्टिपल च्वाइस अन्तर्गत १५० प्रश्नमध्ये पास हुनलाई ५० प्रतिशत अंक ल्याउनुपर्ने छ। भने ५० अंकको अब्जेक्टीभ स्ट्रक्चर एक्जाममा पास हुन ८० प्रतिशत अंक अनिवार्य रुपमा ल्याउनै पर्ने व्यवस्था काउन्सिलले गरेको छ।
नेपाल नर्सिङ काउन्सिलकी सदस्य एवम् सोसाइटी अफ मिडवाइफ्री नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङले मिडवाइफको परीक्षा अन्तराष्ट्रिय कंफेडेरशन अफ मिडवाइफले तोकेको अतिआवश्यक ३१८ किसिमका दक्षतामा आधारित भएर सैद्धान्तिक र प्रयोगात्मक प्रश्न सोधिने बताइन्। जसमा उनीहरुको सीप ज्ञान र व्यवहारको मुल्यांकन गरिने छ।
यो पनि :
पेसागत मिडवाइफ पहिलो ब्याच काम गर्न तयार
१७ हजार बढी मिडवाइफ आवश्यक छ
पिंक सिस्टर अर्थात् मिडवाइफ