मुख्य समाचार

चीनबाट नेपाल आएका अमेरिकी नागरिकलाई कोरोनाको शंका, एयरपोर्टबाट सिधै अस्पताल

काठमाडौं- चीनबाट नेपाल आएका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको शंका गरिएको छ। त्रिभुवन विमानस्थलबाट उनलाई टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ। 

चीनबाट फर्कने क्रममा ती आमेरिका नागरिकलाई विमानमा नै ज्वरो आएको थियो। ज्वरो देखिएपछि उनलाई कोरोनाको शंकामा अस्पतालमा ल्याइएको अस्पतालका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार अमेरिका नागरिकलाई आवश्यक उपचार सुरु गरिएको छ। 

टेकु अस्पतालमा कोरोनाको आशंकामा अमेरिकाका ती नागरिकसहित तीन जना उपचाररात छन्। 

सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि शुक्रराज अस्पतालमा ६ बेडको आइसोलेसन वार्डको स्थापना गरिएको छ। अस्पतालको तयारी र अवस्था बारे तीन दिन भित्र लिखित प्रतिवेदन बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। 

चीनको युहान प्रान्तबाट फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले सर्तकता बढाएको हो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने