काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू अनुकूलको निर्णय गराउन सकिने भन्दै डा गुरु खनाललाई उपकुलपतिमा नियुक्ति गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाएको छ।
नेकपा धरान उपमहानगरपालिकाले बिहीबार मन्त्री ढकाललाई सिफारिस पत्र पठाएका हुन्। सिफारिस पत्रमा डा खनाललाई नियुक्त गरी बाँकी रहेका पदमा पनि पार्टी सम्बद्ध व्यक्तिलाई नियुक्त गर्न सकिने उल्लेख छ।
‘प्राध्यापक डा गुरु खनाललाई उपकुलपति नियुक्ति गरी बाँकी रहेका शिक्षाध्यक्ष पदमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्बद्ध सिनियर प्रोफेसरहरुमध्येबाट र रजिष्टारमा पार्टीबाट उपयुक्त विज्ञ प्रशासक नियुक्ति गरी प्रतिष्ठानको दीर्घकालीन नेतृत्व हाम्रो अनुकूल बनाउन सकिने भएकोले सोही अनुसारको व्यवस्थाका लागि सिफारिस गरिएको छ,’ पत्रमा लेखिएको छ।
पत्रमा डा खनाललाई विद्यार्थी जीवनदेखि नै अनवरत कम्युनिष्ट पार्टी राजनीतिमा संलग्न रहेको कुरा पनि पत्रमा उल्लेख गरिएको छ।
डा खनाल हाल प्रतिष्ठानका कार्यबाहक उपकुलपति हुन्। उनलाई नेकपा अध्यक्ष प्रचण्डले पनि उपकुलपति नियुक्ति बनाउन खोजिरहेका छन्।

यो पनि