मुख्य समाचार

गर्मी सुरु नुहँदै डडेल्धुरामा डेंगुका बिरामी फेला

डडेल्धुरा- गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन्। 

जिल्लाको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।

'दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,' अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले भने। 

ती बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्। 

गत वर्ष वर्षाको समयमा डडेल्धुरामा १२ जनामा डेंगु रोग देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने