काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्।
ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिए। उनका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।
‘प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ,’ उनले भने, ‘प्रत्यारोपण गरेको १५ मिनेट पछि ५ सय एमएल पिसाब पास भएको छ।’