फाइल तस्बिर 
                                                    
                                                                                            
                                                                             
                                
                                
                                काठमाडौं - मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यकक्षबाट पोष्ट अपरेटिभ वार्डमा रहेको आइसियुमा सारिएको छ। प्रधानमन्त्री ओलीभन्दा केही समयअघि उनलाई मिर्गौला दान गर्ने भाज्नी समीक्षा संग्रौला ज्ञवालीलाई पनि सोही वार्डमा सारिएको थियो।
प्रत्यारोपण गरिएको मिर्गौलाले प्रधानमन्त्रीको शरीरमा काम गरिरहेको चिकित्सकहरुले बताएका छन्। प्रत्यारोपण गरिएको १५ मिनेटपछि उक्त मिर्गौलाबाट ५ सय एमएल पिसाब पास भएको थियो। 
चिकित्सकहरुले प्रधानमन्त्री ओली र दाता समीक्षालाई विशेष निगरानीमा राखिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। यसअघि उनको भारतमा १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो।