प्रत्यारोपण अघि प्रधानमन्त्री ओली र भान्जी समीक्षा 
                                                    
                                                                                            
                                                                             
                                
                                
                                काठमाडौं-  मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जी समीक्षा ज्ञवालीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। 
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाका अनुसार प्रधानमन्त्री र समीक्षा दुवै जनालाई आजबाट तरल खानेकुरा खुवाइने छ।
'उहाँहरुको अवस्था जटिल छैन, सामान्य नै छ,' उनले भने, 'अहिले कालो चियाबाट तरल खानेकुरा खुवाउन सुरु गर्ने तयारी भएको छ।'
उनका अनुसार प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर दुखाई कम गर्ने औषधि चलाइएका कारण चिकित्सकहरुले नै बोल्न दिएका छैनन्।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई भान्जी समीक्षाले मिर्गौला दिएकी हुन्। मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सकसहित नर्स र अन्य प्राविधिक खटिएका थिए।
प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको चिकित्सकहरुले बताएका छन्।