विश्व स्वास्थ्य

अमेरिकाभर कोरोना संक्रमितको संख्या ६८ हजार नाघ्यो

एजेन्सी– अमेरिकाभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ। गत जनवरीको तेस्रो साताबाट देखिएको यो भाइरसबाट यहाँ हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ। बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको छ भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको छ। जबकि चारदिन अगाडि आइतबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३२६ थियो।

यसअघि मंगलबार एकै दिन १६४ जनाको मृत्यु भएर नयाँ रेकर्ड कायम भएको थियो। अहिलेसम्म न्यूयोर्क राज्यमा मात्रै २८५ जनाको मृत्यु भएको छ, जसमध्ये १ सय ९९ जना न्यूयोर्क सिटीकामात्र छन्।

न्यूयोर्कमा अहिलेसम्म ३० हजार ८ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ, जसमा न्यूयोर्क सिटीमा मात्रै १७ हजार ८ सय ५६ संक्रमित छन्। न्यूयोर्कको वेष्टचेस्टरमा ४६९१, नासु काउन्टीमा ३२८५, सफल्कमा २२६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने