मुख्य समाचार

पाँच महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ मौज्जाद छः औषधि उत्पादक संघ

लकडाउनको बेला औषधि अभाव नहुने

फाइल तस्बिर

काठमाडौं- नेपाली औषधि उत्पादकले स्वदेशमा उत्पादन हुने औषधिको अभाव हुन नदिने बताएका छन्। 

आगामी पाँच महिनालाई पुग्ने औषधि र कच्चा पदार्थ भण्डारण गरेर राखिएकाले औषधिको अभाव नहुने उत्पादकले बताएका हुन्। 

आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै नेपाल औषधि उत्पादक संघका महासचिव विपलव अधिकारीले भने, ‘बजारमा अहिले औषधिको अभाव छैन। हामी औषधि अभाव हुन दिन्नौ।’

कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाली औषधि बजारमा खासै असर नपरेको अधिकारीलेको भनाइ छ।

सरकारले लकडाउन गरेपनि औषधि व्यवसायी र उत्पादकलाई प्राथमिकता दिएका कारण समस्या नभएकाले बताए।

उनले भने, ‘औैषधि अत्यावश्यकीय वस्तु हो। सरकारले पनि अहिले हामीलाई प्राथमिकता दिएको छ। त्यसैले खासै असर परेको छैन। हामीले निरन्तर आफ्नो काम सञ्चालन गर्न पाएका छौ।’ 

उनले विषम परिस्थिति आए पूर्वतयारी के गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि छलफल भइरहेको बताए।

सरकारलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउँदै उनले मन्त्रालय सकारात्मक देखिएको बताए। 

नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधिको कच्चा पदार्थको आयात गर्दै आएको छ। भारतबाट ६० र चीनबाट २० देखि ३० प्रतिशत कच्चा पदार्थ आयात गर्ने गरेको संघले जनाएको छ। 

नेपालले वर्षेनी ८ देखि १० अर्ब मूल्य बराबरको कच्चा पदार्थ आयात गर्दै आएको छ। नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधि खपत हुन्छ। जसमध्ये २५ अर्बको औषधि बाहिरी मुलुकबाट खरिद गर्नुपर्ने बाध्यता छ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने