मुख्य समाचार

डडेल्धुराका कोरोना संक्रमित व्यक्ति सरकारी कर्मचारी

स्क्रब टाइफसको उपचार गराउन आएका थिए

डडेल्धुरा- डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सकंलन गरी परीक्षण गरिएको थियो। परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए। तर उनको पछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो। 

उनी बैशाख २७ जिल्लाको परशुराम नगरपालिकाबाट डडेल्धुरा सदरमुकाम आएको बाहेक अन्यत्र यात्रा गरेको विवरण खुलेको छैन। बाहिरी देश तथा जिल्ला नगएकाले संक्रमण कहाँबाट भएको भने अहिले स्वास्थ्यकर्मीले खोजी गरिरहेका छन्। 

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकमा स्क्रब टाईफस देखिएको अस्पालले जनाएको छ। त्योसँगै चिकित्सकलाई शंका लागी कोरोना परीक्षणका लागि समेत ६ गते नै स्वाब सकंलन गरिएको डडेल्धुरा अस्पतालले जनाएको छ। स्वाब सकंलनपश्चात भने युवकलाई स्क्रब टाईफसको उपचार गरी घर फर्काइएको थियो। 

उनलाई स्वाब सकंलन पश्चात कोरेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने भएता पनि स्क्रब टाईफसको औषधि दिएर पठाउँदा अस्पतालले लापरबाही गरेको देखिन्छ।

परशुराम नगरपालिकाका संक्रमित युवाको डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएको अस्पतालले पिसिआर रिपोर्ट सकंलन गरेर उनलाई घर फर्काइएको खुल्न आएको छ। यसरी अस्पतालले लापरबाही गर्दा संक्रमित व्यक्तिले अन्यलाई पनि सारेको हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।

संक्रमित युवक बस्ने आवास तथा ४ सरकारी कार्यालय शिल गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ। संक्रमितसँगै आवास बस्ने तथा अरु कर्मचारीहरुको नामावाली स्वास्थ्यकर्मीले तयार गरिरहेको छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने