२१औं शताब्दीमा प्रविधिको विकास तथा ल्यापटप/मोबाइलको प्रयोगमा जनमानसको सहज पहुँच पुगेसँगै सामाजिक सञ्जा्ल (फेसबुक/टिकटक/इन्स्टाग्राम/ ह्वाट्सएप) का प्रयोगकर्ता अत्यधिक बढेको यथार्थ हो। सूचना, मनोरञ्जपन, ज्ञान आर्जन र साथीहरुसँग सम्पर्क कायम राख्ने् सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाजल। यस हिसाबले सामाजिक सञ्जा ललाई फाइदाजनक रुपमा लिनु तर्कसङ्गछत कुरा नै हो। तर, सकारात्मक पक्ष सँगसँगै यसका नकारात्मक पक्षहरु पनि प्रशस्त रहेका छन्।
सामाजिक सञ्जाछलका कारण हाम्रो जीवनयापन, पढाइ अनि मानसिक स्वास्थ्यमा नकारात्मक असर/प्रभाव परेको कुरा हामीमध्ये धेरैले महसुस गरेको हुनुपर्छ। सामाजिक सञ्जाथलको लत र निरन्तर प्रयोगले समय बितेको थाहै हुँदैन। जसले गर्दा समयको उचित सदुपयोग नभएर बारम्बार समस्या भोग्नुिपरेका हुन्छौं।
सामाजिक सञ्जागलको विकास मानव जाति वा साथीभाइलाई जोड्नका लागि भएको जस्तो देखिन्छ। तर, अहिले यस्ता सञ्जा ल व्यापारिक थलोको रुपमा परिणत भएका छन्। सामाजिक सञ्जा्लका सञ्चाकलक तथा यसका सफ्टवेयर निर्माताहरु मानिसहरुलाई कसरी बढीभन्दा बढी समय यसमा अल्झाएर राख्नेक भन्ने मा केन्द्रित भएका छ्न्। जसले गर्दा मार्क जुकरबर्गजस्ता सामाजिक सञ्जाालका मालिकहरुले आफ्नो सम्पत्ति बर्सेनि बढाइरहँदा त्यसका प्रयोगकर्ताहरुमा के-कस्ता प्रगति भए भनेर केलाउन जरुरी देखिन्छ।
सामाजिक सञ्जाभलका कारण 'फियर अफ मिसिङ आउट (एफओएमओ) सिन्ड्रोम'बाट लाखौँलाख मानिस ग्रसित भएको देखिन्छ। केही नयाँ 'नोटिफिकेसन' आयो कि भनेर छिनछिनमा मोबाइल चेक गर्ने, सामाजिक सञ्जायल खोल्ने जमात समाजमा व्यापक बन्दै गएको छ। पाँच मिनेटका लागि भनेर 'लगइन' गरेको सामाजिक सञ्जा लमा अल्झेर दुई-चार घन्टा समय फजुलमा बितेको थाहै हुन्नि।त्यसपछि बल्ल त्यो समयमा गर्नुपर्ने काम, पढ्नुपर्ने किताबका पानाहरु बाँकी नै रहेको अनि महत्त्वपूर्ण समय अनुत्पादक काममा बितेको महसुस हुन्छ। जसले गर्दा व्यक्तिमा डर, चिन्ता, निराशा तथा दु:खी भावना बढ्न पुग्दछ।
सामाजिक सञ्जारलमा प्राय: सबैले आफ्नो सुखद् पल, सुन्दर तस्बिर (सम्पादन गरिएका) अनि राम्रा समाचारहरु मात्र पोस्ट/सेयर गर्ने गर्दछन्। अरुले सेयर गर्ने त्यस्ता पल, तस्बिर तथा समाचारहरुसँग आफ्नो यथार्थलाई अनावश्यक तरिकाले दाँज्दै हिन्ताबोध गर्ने र निराश बन्ने् जमात पनि ठूलो संख्यामा रहेका छन्। आफ्ना सामाजिक सञ्जाालको स्टाटस/पोस्ट/फोटो/भिडियोमा लाइक तथा कमेन्ट्सको तुलना अरुसँग गर्ने प्रवृत्ति बढेका छन्। जसबाट पैदा हुने असन्तुष्टि र अनावश्यक होडबाजीमा अल्झिँदै जाँदा समय, ऊर्जा, पैसा, आफ्नो व्यक्तिगत खुसी पनि गुमाउनुपर्ने विकराल अवस्था पनि हाम्रो व्यक्तिगत, पारिवारिक अनि सामाजिक यथार्थ बन्दै गएको छ। यस्तै पोस्टहरुमा लाइकको तुलनाले पार्नसक्ने नकारात्मक असर देखेर इन्स्टाग्रामले अर्काको लाइक हेर्न नमिल्ने प्रावधान राखेको कुरा सराहनीय छ।
कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण केही महिना घरमै थन्किएर बस्नुापर्दाको अवस्थामा धेरैजसो कामकाजी व्यक्तिहरु पनि नजानिँदो तवरले सामाजिक सञ्जाअलको चक्रब्यूहमा फस्न् पुगे। अहिले त्यसबाट बाहिर निस्किन नसकेका व्यक्तिहरु अहिले आफ्नो कार्यक्षेत्रमा राम्ररी ध्यान दिन नसकेको दु:खद् अवस्था छ। साथै, कोरोनाकै कारण स्कूल बन्द हुँदा अनलाइन क्लासको बाध्यात्मक अवस्था आएर मोबाइल/ल्यापटप चलाउँदा बालबालिका र स्कूल/कलेजका विद्यार्थीहरुसम्म सामाजिक सञ्जारलको पहुँच बढ्न पुग्यो। अहिले फेरि कक्षा कोठामै पढाइ हुन थाल्दा पनि त्यो वर्गका विद्यार्थीहरु सामाजिक सञ्जानलको लतबाट बाहिर आउन नसकेका धेरै उदाहरण हामीसँग छन्।
अहिले यस्तै घटनाहरुका कारण पनि परिवारमा अन्तर्द्वन्द्व, मनमुटाव, असमझदारी बढ्नुका साथै समाजमा विकृति बढेको देखिन्छ। फेसबुकमा अकाउन्ट (खाता) खोल्न कम्तीमा १३ वर्ष उमेरको हुनुपर्ने प्रावधान छ। तर, झुटो विवरण राखेर स्कूलका बालबालिकाहरुले पनि खाता खोलेर चलाउन थालेको डरलाग्दो यथार्थ हाम्रोसामू नै छ। यस्तो अवस्थामा हामीले एकपटक गम्भीर भएर सोच्नु पर्ने आवश्यकता देखिन्छ। बालबालिकाहरुका कलिला दिमागमा कस्तो असर/प्रभाव पर्दै होलान्? घरमा अभिभावकहरु पनि बालबालिकाको पढाइलेखाइमा सहयोग गर्नुभन्दा बढी समय आफ्नो क्षणभरको सुखको लागि सामाजिक सञ्जा लमा बिताउने गरेका छन्। अभिभावकको यस्तो गतिविधि हेरिरहने बालबालिकाले के सिक्दै होलान् अथवा के गर्न प्रेरित भइरहेका होलान् भनेर सोच्नध जरुरी देखिँदैन त?
बिहान उठेपछिको महत्त्वपूर्ण र ऊर्जाशील समय हामीले पहिलो कार्य मोबाइल चलाउँदै गर्दा अनावश्यक समाचार, कुराकानी, अनि फोटाहरु हेर्नुपर्ने अवस्थामा फस्दा हाम्रो ऊर्जामा नकारात्मक असर पुगिरहेको हुन्छ। जसले हाम्रो दिनचर्यालाई नै कठिन बनाइरहेको हुन्छ। राति सुत्नेफ बेलामा पनि हामी सामाजिक सञ्जा लको अत्यधिक प्रयोग गर्ने गरेका हुन्छौं। जसले गर्दा ढिलो सुत्नेा, निन्द्रा नलाग्नेज, आवश्यक निन्द्रा राम्रारी नपुगेर भोलिपल्ट दिनभर थकित, चिन्तित, फ्रेस नभएको जस्तो महसुस गर्नुपर्ने हुनसक्छ। यसले पारिवारिक मनमुटाव, पढाइमा कमजोरी, काम गर्ने ऊर्जा र ध्यानमा कमी हुने अवस्था आउँदा आर्थिक, सामाजिक समस्या भोग्नुढ परिरहेको हुन्छ।
दिनभरि पनि समय-समयमा खुद्रा समय निकाल्दै हामी त्यही सामाजिक सञ्जा लकै प्रयोग जानी-नजानी गरिरहेका हुन्छौं। यस्तो लत किन लाग्यो त?
सामाजिक सञ्जाालले रक्सी/चुरोटको प्रयोगजस्तै क्षणिक सुख दिने 'डोपामिन हार्मोन'जस्तै तत्त्व निकाल्दछ। यसले हामीलाई पलभरको लागि राम्रो महसुस गराए पनि यसको असर/प्रभाव हाम्रो मानसिक, सामाजिक र शारीरिक स्वास्थ्यमा एकदमै नकारात्मक हुन्छ। सामाजिक सञ्जामलका कारण निरन्तरको मोबाइल प्रयोगले पूरै शरीर थाक्ने, हात गल्ने, टाउको/घाँटी दुख्नेज, आँखा दुख्नेन अनि आँखाको दृष्टिमा असर पर्ने, निन्द्रा नपुगेर ऊर्जा/ध्यानमा कमी आउने आदिजस्ता नकारात्मक शारीरिक असर/प्रभाव परिरहेको हुन्छ। अनावश्यक तुलना गर्दा, दु:खलाग्दो/चिन्तालाग्दो समाचार हेरिरहँदा, हिन्ताबोध, नैरास्यता, एक्लोपन आदिजस्ता मानसिक स्वास्थ्यमा नकारात्मक असर/प्रभाव परिरहेको हुन्छ। यसले डिप्रेसन तथा आत्महत्यासम्मको अवस्थामा पनि पुर्याोउनसक्ने जोखिम रहेको हुन्छ। अत्यधिक समय/ऊर्जा सामाजिक सञ्जावलमा प्रयोग गर्ने बानी (लत)का कारण हाम्रो पढाइ, घरायसी र अफिसको कामकाजमा, सामाजिक दायित्व निर्वाहमा अनि पारिवारिक सम्बन्धमा पनि एकदमै डरलाग्दो असर/प्रभाव परिरहेको हुन्छ। जसले घुमिफिरि फेरि हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थाल्छ।
सामाजिक सञ्जासलको अत्यधिक प्रयोगको लतले हाम्रो स्वास्थ्यमा पार्ने नकारात्मक असर/प्रभावको बारेमा चर्चा गर्न खोजिएता पनि त्यसको प्रयोग नै गर्नु हुँदैन भन्नेर अर्थमा यो लेख तयार पारिएको पक्कै पनि होइन। तर, हामीले आफ्नो शारीरिक/सामाजिक/मानसिक स्वास्थ्यमा पनि उचित ध्यान दिँदै अनि आफ्नो पढाइ, काम, सम्बन्धमा असर नपर्नेगरी मात्र सामाजिक सञ्जापलको उचित र सन्तुलित प्रयोग गर्नुपर्दछ। सामाजिक सञ्जा,ल प्रयोगको पहुँच बालबालिकाबाट टाढा राख्ने , त्युसका निम्ति आफू पनि सही उदाहरण बन्दै जान बालबालिकासँग हुँदा मोबाइलभन्दा बढी ध्यान उनीहरुमा दिने गर्नु पर्दछ। दिनभरि बारम्बार सामाजिक सञ्जाीलको प्रायोग गर्नुभन्दा त्यसका लागि केही निश्चिपत समय छुट्ट्याउने अनि केही आवश्यक कामपश्चारत् मोबाइललाई आफूबाट टाढा राख्नेी बानी बसाल्नु पनि जरुरी छ। सामाजिक सञ्जाकलको लतबाट मुक्त हुन त्यबसको प्रयोग गर्ने बेला अलार्म लगाएर चलाउने, दिनको कुनै खास समयमा मात्र चलाउने, अनि बाँकी खाली समय अरु सकारात्मक तथा सिर्जनात्मक काममा अनि व्यायाम र पारिवारिक काममा बिताउने गर्नु पर्दछ। यस्तो गर्न सकेमात्र पनि हामीले आफूलाई स्वस्थ, ऊर्जाशील, प्रगतिशील अनि खुसी राख्नछ सफल हुनेछौँ।