काठमाडौं- कोभिड–१९ विरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण हुने चार अस्पतालमध्ये एक हो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
विशेषगरी विदेश जाने नागरिकहरु खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल पुग्ने गरेका छन्। खोप कार्ड प्रमाणीकरणका लागि शुक्रराज अस्पताल पुग्नेहरुको भीडभाड अझै पनि बाक्लै छ। त्यो बाक्लो भीड अस्पतालको मूल गेट बाहिर पुगेको छ।
कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने भएपनि शुक्रराज अस्पताल पुग्नेहरुमा यो नियम लागू भएको देखिदैन। भीडभाड झनै बढ्दै गएको छ।
सेवाग्राहीको चाप धान्न नसक्ने गरी बढ्दा समस्या भएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताएका छन्। सबैलाई पायक पर्ने भएकाले पनि अधिकांश मानिसहरु शुक्रराज अस्पताल नै पुग्ने गरेको उनको भनाई छ।
शुक्रराज अस्पतालमा देखिएको यो भीडले कोरोनाको जोखिम झनै बढ्ने देखिन्छ।
तस्विरमा हेरौ, शुक्रराज अस्पतालमा खोप प्रमाणीकरण कार्ड लिन पुग्नेको बाक्लो भीडः