काठमाडौं– सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण (खोप कार्ड) अनिवार्य बनाएपछि खोप केन्द्रहरुमा सर्वसाधारणको भीड बढेको छ।
खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुनुपर्ने अवस्था आउनसक्ने जानकारी पाएपछि सर्वसाधारणहरु खोप लगाउन केन्द्रहरुमा पुगेका हुन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा धेरै नै भीड बढेको छ।
आइतबार बसेको कोभीड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रदान नगर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
सीसीएमसीको निर्णय सार्वजनिक भएसँगै सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा कोराना भाइरस विरुद्धको खोप लगाउन पुग्नेको चाप बढेको देखिन्छ।
शुक्रराज अस्पतालमा कोभिसिल्ड, भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप दिइएको छ।
सरकारले सार्वजनिक तथा होटा रेष्टुरेन्टमा जादा समेत खोप कार्ड अनिवार्य गर्न लागेपछि खोप लगाउन आएको खोप लगाउन टेकु पुगेकाहरुले बताएका छन्।
सीसीएमसीको आइतबार बसेको बैठकले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभीड विरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने भनेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै खोपकार्ड मोवाइलमा फोटो भएपनि हुने भनिएको छ।