परिचारिका अर्थात नर्स भन्ने शब्द पाँचौ शताब्तीमा ल्याटिन भाषाको शब्द न्युटराईर बाट आएको हो। न्युटराईरको मतलब पेशागत रुपमा आमा नभएको बच्चालाई स्तनपान गर्ने महिला हो। चौधाैं शताब्दिको अन्त्यतिर यहि शब्दको अर्थ कुनै कुरा राम्रोसँग विकास गर्नु भयो भने, पन्ध्राैं शताब्दिमा कुनै व्यक्तिलाई सेवा गर्ने, हेरचाह गर्ने, सल्लाह तथा सुझाब दिने कर्मचारीको रुपमा देखिन थाल्यो। विलियम शेक्सपियरले सन् १५८९-१५९४ मा लेखेका कमेडी ओफ एरोर्समा पहिलोपक नर्स शब्दलाई मेडिकल अर्थ हुनेगरी प्रयोग गरियो। उन्नाईसों शताब्दिको सुरुवाततिर नर्सको अर्थलाई ईन्टोमोलोजी (किट विज्ञान) मा प्रयोग हुने नर्ससँग दाँज्दै ब्याख्या गरियो। एउटी नारी जो आजीवन ब्र्हम्चारी बस्छ र उसले बिरामीको सेवा गर्ने तथा आमा नभएको बच्चाको हेरचाह गर्ने व्यक्तिलाई नर्स भनेर सम्बोधन गरिन थालियो।
पश्चिमी सभ्यता अनुसार क्याथोलिक चर्चमा हुने महिलाहरु जो आजीवन ब्रह्मचारी भएर अरुको सेवा गर्ने प्रतिबद्धता लिन्छन उनीहरुलाई सम्मान पुर्वक सिस्टर भनिन्छ। उहाँहरुले आफूले भगवानसँग बिहे गरेको र आजीवन कसैसँग शारीरिक वा यौन सम्बन्ध नराख्ने कसम खाएका हुन्छन र गरिब दुखीका सेवामा जीवन व्यतित गर्छन्। येशु सामूदायलाई सम्मान गर्ने हो भने अवश्य पनि आज भोलिका पारिवारिक सुखमा लिन नर्सहरुलाई सिस्टर सम्बोधन गर्नु अनुचित देखिन्छ। यहि कारण विशेषले पनि केहि राष्ट्रहरुले सिस्टर पदलाई इन्चार्ज नर्समा परिणत गरेको छ। धार्मिक मूल्य र मfन्यतालाई आदर गर्दै विभिन्न देशले अपनाएको यो निर्णय सम्मानजनक छ। हुन त हाम्रो देश नेपालका पनि हिन्दु धर्म पालना गर्ने दिदिबहिनिहरु तथा दाईभाईहरु आजीवन ब्रह्मचार्य रहन्छन तर उहाँहरु सबैले नर्स पेशा अपनाउँदैनन्। हिन्दु धर्मावलम्वीका ब्रह्चार्यहरुले आफूलाई भगवानको पुत्र या पुत्री बुझ्ने गर्छन्। यसो हेर्दा हामीले हिन्दु धर्म पालना गर्नेलाई सिस्टर भन्न सुहाएन।
न त सबै सिस्ट हरु नर्स हुन् न त सबै नर्स सिस्टर हुन्। यी विषयमा समय-समयमा चर्को चर्चा उठ्दै गरेको हो। तथ्य कै तरिकाले हेर्ने हो भने आधुनिक नर्सको आमा मानिने फ्लोरेन्स नाइटिङ्गेललाई नत मदर नत सिस्टर नै भनिन्छ। नर्स कै कार्य क्षेत्रमा नाम कमाएको विज्ञ मदर टेरेशालाई मदर भनिन्छ सिस्टर भनिँदैन। धेरै देशहरु जस्तो कि अमेरिका, चीन जस्ता देशमा सिस्टर उपनाम दिएको पाइएको छैन। नर्सहरुको शैक्षिक योग्यता, पद अनुसार बोलाईने गरिन्छ। स्र्टिफाईड नरसिंग एसिस्टेन्टलाई सेन्सड प्राक्टिस नर्स वा रजिस्टर्ड नर्स भनेर चिनिन्छ। नर्सहरुको शैक्षिक योग्यता, पद अनुसार बोलाईने गरिन्छ। अमेरिकामा स्र्टिफाईड नर्सिङ असिस्टेन्ट, लाईसेन्सड प्राक्टिस नर्स वा रजिस्टर्ड नर्स भनेर चिनिन्छ। चीनमा हुसी भनेर चिनिन्छ। यसरी नै प्रायः मुलुकहरुमा सिस्टर शब्दलाई इन्चार्ज नर्सको रुपमा पनि सम्बोधन गरिन थालिएको छ, किनकि सिस्टर भन्ने बितिकै नर्सहरुको सिनियरलाई मानिन्छ।
अर्को चाख लाग्दो विषय के हो भने, पुरुष नर्सलाई के भन्ने? कतिपय मुलुकमा ब्रोदर भन्ने गरिन्छ भने, कुनै कुनै देशमा सिस्टर नै भनेर बोलाउने गरेको पाईएको छ। अफ्रीका का कतिपय देशहरुमा यसकोविरुद्ध पुरुष नर्सहरुले आवाज उठाईएका पनि छन्। पुरुषत्वमाथि नै औला उठाएको र अपमान गरेको उनीहरुको भनाई रहेको छ। आन्दोलनपश्चात सिस्टर शब्दलाई इन्चार्ज नर्ससँग बदलिएको छ। हाम्रो देशमा पनि विसं २०७५ असार ५ गतेका दिन नेपाल नर्सिङ परिषदले १५ प्रतिशत छात्र विद्यार्थी भर्ना गरिनुपर्ने निर्णय लिएको छ। हाम्रा पुरुष साथीहरुले पनि सिस्टर सम्बोधनबाट मजाकको पात्र नबनुन् भनेर ध्यान दिनुपर्ने कुरा हो। भर्खर कलिलो उमेरका बहिनीहरु आजभोली गरिबको सेवा भन्दा पनि नर्सिङलाई एउटा प्रोफेसनको रु मा र पेशाको रुपमा लिने गर्छन् जसले बिरामीको हेरचार गर्ने कार्य गर्छन्। तपाई हामीले भेट्ने नर्सहरु १६ वर्षदेखि ६० वर्षभन्दा माथिका महिला र पुरुष हुन्। तपाई सक्नुहुन्छ भने उहाहरुको नामले बोलाउनु जायज हो, सक्नुहुन्न भने नर्स नै भन्नुस् फरक पर्दैन। तपाई सम्मानका साथ बोलाउन चाहनुहुन्छ अथवा आत्मियताले दिदि बहिनी मान्नुहुन्छ भने नेपाली मै दिदि वा बहिनी वा दाई वा भाई भन्नु होस्। सिस्टर शब्दले नर्सलाई बोलाउनु हरेक दृष्टिबाट अनुचित नै देखिन्छ।