काठमाडौं - कुर्कुच्चादेखि बुढी औँलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ। त्यो झिल्ली सुन्निएर दुखाई हुन्छ। जसका कारण बिरामीको कुर्कुच्चा दुख्ने समस्या हुन्छ। यसलाई चिकित्सकीय भाषामा प्लान्टर फासिआइटिस भनिन्छ।
व्यक्तिको शारीरिक अवस्था र रोगका कारण यो समस्या हुन सक्छ। कुर्कुच्चा किन दुख्छ? यसको उपचार लगायत विषयमा हामीले फुट एण्ड एंकल सर्जन डा दमन झासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
कुर्कुच्चा दुख्ने समस्या कस्तो हो?
– हिल बोनको तलको भागलाई कुर्कुच्चा भनिन्छ।
– कुर्कुच्चा दुख्ने समस्या भएकाहरुमध्ये अधिकांशलाई प्लान्टर फासिआइटिस हुन्छ।
– पैतालामा हुने प्लान्टर फेसिया नामक तन्तुमा सुजन हुने समस्यालाई प्लान्टर फेससाइटिस भनिन्छ।
– ढाडको नसा च्यापिदा पनि कुर्कुच्चा दुख्ने समस्या हुन्छ।
कुर्कुच्चासम्बन्धी समस्या लिएर बिरामीहरु कत्तिको आउँछन्?
– फुट एण्ड एंकलमा सबैभन्दा आउने बिरामी नै कुर्कुच्चा सम्बन्धी हुन्छन्।
के कारणले गर्दा कुर्कुच्चा दुख्छ?
– सक्रिय उमेर समूहका व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।
– तौल बढी भएका, दिनभर उभिनुपर्ने व्यक्तिमा यो समस्या देखिन्छ।
– असहज जुत्ता लगाउने व्यक्तिमा पनि यो समस्या देखिने गरेको छ।
– थाइरालाइड, मधुमेह भएका र भिटामिन डी को कमी भएकाहरुमा पनि यो समस्या हुन्छ।
कस्तो दुखाईलाई सामान्य र जटिल रुपमा लिने?
– कुर्कुच्चा दुख्न सुरु गर्ने बित्तिकै उपचार गर्नुपर्छ।
– सुरुमा कहिले दुख्ने कहिले नदुख्ने हुन्छ।
– एक दिन दुख्छ अनि २/४ दिनमा आफैँ कम भएर जाने पनि हुन्छ।
– सुरुमै चिकित्सकलाई देखाए ९० प्रतिशत बिरामीको समस्या फिजियोथेरापी र जुत्ताको परिवर्तनले नै ठिक हुन्छ।
– तर ढिला भयो भने उपचार गर्न गाह्रो हुन्छ।
बिरामीले उपचारमा ढिलाई गरे कस्तो जटिलता निम्तन्छ?
– सुरुमा प्लान्टर फेससाइटिस हो÷होइन भनेर पत्ता लगाउनुपर्छ।
– बिहान उठ्दा अन्त्यन्तै दुखाई हुन्छ। र, हिड्दै जाँदा दुखाई कम हुन्छ।
– बिरामीको परीक्षण गर्दा देखिएको आधारमा उपचार सुरु गर्छौ।
– औषधिको प्रयोग गर्दा पनि दुखाई कम नभए अरु रोग पत्ता लगाउन एक्सरे, रगत परीक्षण गर्छौ।
बिरामीहरु दुखाई हुने बित्तिकै अस्पतालहरु आउँछन्?
– ६ महिना एक वर्षदेखि दुखाई भइरहेका बिरामीहरु आउँछन्।
– उनीहरुले कतै उपचार गराएका र औषधि खाएका हुँदैनन्।
– काठमाडौंका बिरामीहरु अलि छिटो आउँछन्। तर ग्रामीण भेगका बिरामी ढिला अस्पताल पुग्छन्।
कुर्कुच्चा दुखाईको रोकथाम कसरी गर्ने?
– तौल बढी भएकाले कम गर्नुपर्छ। सहज जुत्ता लगाउनुपर्छ।
– लामो समयसम्म उभिनुपर्ने पेशा भएका व्यक्तिले बेला बेला बस्ने गर्नुपर्छ।
– मधुमेह भएका बिरामीले स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।
कुर्कुच्चाको दुखाईको उपचारका विधिहरु के के छन् ?
– प्लान्टर फासिआइटिस निदान भए पहिले फिजियोथेरापी नै सुरु गर्नुपर्छ।
– फिजियोथेरापी र औषधिले निको भए सफ्ट वेयर थेरापी गर्नुपर्छ।
– सफ्ट वेयर थेरापीले निको नभए र एमआरआई रिपोर्टमा पनि केही समस्या नदेखिए इन्फेक्सन लगाउने र अप्रेशन गर्ने दुईवटा विकल्प हुन्छन्।
– म इन्जेक्सनको पक्षमा छैन। यसको साइड इफेक्ट पनि हुन्छन्।
भिडियो – निमेषजंग राई