सहजरुपमा बुझ्दा हेपाटाइटिस भनेको कलेजोको रोग हो जहाँ कलेजोमा इन्फ्लामेसन भएको हुन्छ। हेपाटाइटिस विभिन्न प्रकारका हुन्छन्। तीमध्ये महत्त्वपूर्ण भाइरल, ओटोइमिउन, अल्कोहोलिक र ननअल्कोहोलिक हुन्। यी सबैमा कलेजो र बिग्रिएको हुन्छ। बिस्तारै निको नहुने अवस्थामा पनि पुग्न सक्छ। रोग एक्कासी भयो भने एकुट र लामो समयसम्म देखियो भने क्रोनिक भनिन्छ। यो दुवैका आफ्नै कारणहरु छन्। कलेजोको मुख्य काम भनेको शरीरमा उत्पादित टोक्सिनहरुलाइ डिटोक्सिफाइ गरेर शरीरबाट बाहिर फाल्न मद्दत गर्ने हो। कलेजो नै खराब भएपछि त शरीरमा उत्पादित टोक्सिनहरुलाइ डिटोक्सिफाइ गर्न सक्दैन अनि सबै शरीर भित्र नै हुन्छ र बिष जस्तो भइदिन्छ। त्यसपछि त अन्य अङ्गहरुले पनि काम गर्न छाड्छन्।
भाइरल: हामीले यसलाइ ए, बी, सी, डी र इ भनेर विभाजन गर्छौ (अरु भाइरसले नि लाग्छ तर थोरैमा)। हेपाटाइटिस ए, हेपाटाइटिस ए भाइरसले गर्दा लाग्ने रोग हो। हेपाटाइटिस बी, हेपाटाइटिस बी भाइरसले गर्दा लाग्ने रोग हो। हेपाटाइटिस सी, हेपाटाइटिस सी भाइरसले गर्दा लाग्ने रोग हो। हेपाटाइटिस डी, हेपाटाइटिस डी भाइरसले गर्दा लाग्ने रोग हो। हेपाटाइटिस इ, हेपाटाइटिस इ भाइरसले गर्दा लाग्ने रोग हो। सबै एकअर्कामा सर्न सक्ने रोगहरु हुन्। ए र इ फोहोर र दुषित खाना पानीबाट सर्छ। भने बी, सी र डी रगत, सेक्रेसन र असुरक्षित शारीरिक सम्बन्धबाट सर्न सक्छ। सबै खातरा नै हुन्छन तर समयमै निधान गर्न सके र जोगिने उपाय गर्यो भने सजिलै सङ निको हुन्छ।
अटोइमिउन: यो कोरोनिक हेपाटाइटिस हो। यो कसरी हुन्छ भन्ने ठ्याक्कै भन्न गार्हो हुन्छ। यो अरु शरीरका अटोइमिउन रोगसँग सम्बन्ध राख्दछ।
अल्कोहलिक: यो लामो समयसम्म रक्सी खाने मानिसहरुलाइ हुन्छ। रक्सीको सुरक्षित सीमा पुरुषहरूमा २१ युनिट/हप्ता हो। मदिराको १४ युनिट प्रतिहप्ता महिला ४० मिलीलीटर व्हिस्की १२० मिलीलीटर वाइन = २२० मिलीलीटर बियर = ८ ग्राम अल्कोहल = १ युनिट हुन्छ।
नन अल्कोहलिक : धनी समाजको एउटा रोग जुन मोटोपनाको वृद्धिको अनुपातमा व्यापकतामा बढ्छ। हेपाटाइटिस बी, हेपाटाइटिस सी र अल्कोहलपछि कोरोनिक कलेजो रोगको मुख्य कारण हो यो।
यी २ प्रकारका हुन्छन् : सिम्पल फ्याटी कलेजोको रोग र नन अल्कोहल स्टिटोहेपाटाइटिस
जोखिम कारकहरू
ट्रन्कल मोटोपना (बिएमआइ >२५)
उच्च रक्तचाप
मधुमेह
रगतमा कोलेस्टेरोल बढ्नु
मेटाबोलिक सिन्ड्रोम
यो खानपिनमा ध्यान दिने र आफूले सक्नेजस्तो दिनदिनै ब्यायाम गर्ने हो भने यो रोगबाट जोगिन सकिन्छ।
यो सबै रोग लाग्यो र निको भएन भने कलेजोले काम गर्न छाड्छ र अन्त्यमा लिभर फेलियर हुन्छ। बिरामी जोगाउने अन्तिम उपाय कलेजोको प्रत्यारोपण मात्र हो। त्यसैले माथि उल्लेख हेपाटाइटिसका कारणहरुलाइ ध्यानमा राखी आफ्नो स्वास्थको ख्यालगर्न सम्पुर्णमा अनुरोध छ।